कांग्रेसले बोलायो केन्द्रिय समिति बैठक, आइतवार बस्ने

  नेपाली सन्देश डट कम | ३० जेष्ठ २०८२, शुक्रबार १७:२५

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको  छ।

आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्नेगरी बैठक बोलाइएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

 बैठकमा विकसित राजनीतिक घटनाक्रम, सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?