काठमाडौं । संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षी बिचमा २ बुदेँ सहमति भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन ।
‘हस्ताक्षरको अन्तिम तयारी हुदैँछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मुलभुत बिषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बिचमा बिमत र आरोप प्रत्यारोप छैन ।’
प्रतिनिधिसभाका तीन ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा दुई बुँदे सहमति कायम भएको हो ।
जसअनुसार पहिलो बुदाँमा “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,” उल्लेख छ ।
साथै, दोस्रो बुँदामा भनिएको छ, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था र संरचनाका लागि ठोस पहल गरिनेछ ।”
प्रतिक्रिया