तीनकुने झडप प्रकरणः दुर्गा प्रसाईसहित ७ जनालाई थुनामा राख्न अदालतको आदेश

  नेपाली सन्देश डट कम | ३० जेष्ठ २०८२, शुक्रबार ०४:३७

काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंसहित अरू ७ जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित अरू ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

अदालतले प्रसाईंसहित, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश गरेको छ। उनीहरु आगजनी र पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरू सहित छन्।

अदालतले अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीहरुसँग १० हजारदेखि १ लाखसम्म धरौटी माग गरिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?