क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ (NRNA) का अध्यक्ष महेश श्रेष्ठ हाल अमेरिका भ्रमणमा रहेका छन्। श्रेष्ठले क्यालिफोर्नियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्नुहुने छ।
श्रेष्ठलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका क्यालिफोर्निया च्याटरका अध्यक्ष हरि प्रसाद ओझाले सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नु भयो ।
विमान स्थलमा सामाजिक अभियन्ताहरु लगायतको विमान स्थलमा उपस्थिती थियो ।
अध्यक्ष श्रेष्ठको अमेरिका भ्रमणले नेपाली समुदायमा उत्साहको वातावरण बनाएको छ। श्रेष्ठले क्यालिफोर्नियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरी नेपालको विकासका लागि सुझाव लिनुहुने छ।
अध्यक्ष श्रेष्ठले क्यालिफोर्नियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्दै नेपालको विकासमा योगदान पुर्याउन आग्रह गर्नुहुने छ। श्रेष्ठले नेपाल र नेपाली समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउन काम गर्नुहुने छ।
प्रतिक्रिया