अनेरास्ववियु काभ्रे जिल्ला अध्यक्षमा अशोक खनाल निर्वाचित

  नेपाली सन्देश डट कम | १७ पुष २०७८, शनिबार १५:४७

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु काभ्रे जिल्ला अध्यक्षमा अशोक खनाल निर्वाचित भएका छन् ।शनिबार २९ औं जिल्ला अधिवेशनबाट खनालको नेतृत्वमा ३९ सदस्यीय जिल्ला कमिटी निमार्ण गरेको नवनिर्वाचित सहसचिव सञ्जिब न्यौपानेले बताए।कमिटीको उपाध्यक्षमा हेमराज हुमागाई,सचिव मिलन गौतम,सह-सचिव सन्जिव न्यौपाने,युवराज दाहाल र कल्पना लामा,कोषाध्यक्ष आदर्श न्यौपाने निर्वाचित भएका छन्।

जिल्ला संयाेजक गोविन्द उप्रेतीको अध्यक्षतामा भएको जिल्ला अधिवेशनमा नेकपा एमाले पोलिट ब्युरो सदस्य एंव पुर्व सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियोे।अधिवेशनमा प्रदेश सभा सदस्य चन्द्र लामा,जिल्ला पार्टी अध्यक्ष अशोक ब्यान्जु,अनेरास्ववियु केन्द्रीय महासचिव समिक बडाल,जिल्ला कमिटी सचिवालय सदस्य राजन भुर्तेल,कंचन अधिकारी लगायतको आतिथ्यता रहेको थियोे।२९औं जिल्ला अधिवेशनले कार्यालय सचिव सुमन जैरु र सङ्गठन बिभाग प्रमुख दिपेश तिमिल्सिनालाई चयन गरेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?