इलाम । इलाम नगरपालिका ९ का रितु माला कार्की २०८१ साल जेठ २९ गते वैदेशिक रोजगारी जान भन्दै घरबाट हीने । उनले म्यानपावरको मान्छेसँग सम्पर्क गर्दे घरबाट त हीने तर बिचमा अर्केले पैसा लगिदियो । विदेश जान काठमाडौँ पुगेका कार्की भन्छन् ‘भिसा र टिकट त पाए तर उनलाई भने अनुसारको न आएपछि उनी भागेर घर आएँ ।’ घर आएपछि उनले हेल्प डेस्क मार्फत प्रक्रिया अघि बढाए र आफूले तिरेको दुई लाख रुपैयाँ फिर्ता भएको छ ।
पीडित परिवारलाई राहतको १२ करोड ८ लाख उपलब्ध इलाम नगरपालिका १२ की कुसुम माया लिम्बुका श्रीमान् कुवेत गए । विदेश गएको दुई वर्षमा उनलाई ब्लड क्यान्सर देखा प¥यो । ब्लड क्यान्सर देखा परेपछि चितवनको क्यान्सर अस्पतालमा उपचार त सुरु भयो तर सफल भए । अस्पताल लगेको १८ दिनमा कुसुमका श्रीमानको मृत्यु भयो ।
विदेश जाँदा दुई लाख ५० हजार खर्च गरेर विदेश पुगे पनि बिरामी भएर नेपाल फर्कनु प¥यो र उनको मृत्यु भएपश्चात् सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत परिवारलाई उपचार र मृत्यु खर्च स्वरूप १७ लाख रुपैयाँ सहयोग प्राप्त भयो । उनको बिमा अवधि सकिएको कारण बिमा बापतको रकम भने पाउन सकेनन् ।
इलाम नगरपालिका १ की सुक माया खाती पैसा कमाउने आसमा कुवेत गइन । उनलाई पैसा कमाउन विदेश जाने सोचमा कसरी जाने, जाँदा के के गर्नुपर्छ भन्ने बुझ्न ध्यानै पुगेन । ‘विदेश त गइन तर कुवेत पुगेपछि मात्रै दलालीको फेला परेछु भन्ने थाहा भयो’ उनले भनिन, ‘काम पनि राम्रो पाइएन, घर तिर फोन गर्न पनि पाइँदैन थियो, त्यसपछि के गर्ने होला भन्ने लागिरहेको बेला लुकेर देउरानीलाई फोन गरे ।’ देउरानीले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा सम्पर्क गरिन । हेल्प डेस्कमा थाहा भएपछि सामी परियोजना मार्फत सहजीकरण गरेपछि उनी नेपाल आइन ।
इलाम नगरपालिका ८ का बलबहादुर श्रेष्ठ कोरिया जाने चक्करमा १ लाख रुपैयाँ डुबाए । कोरिया जान पाइन्छ भने आसमा पैसा डुबाएका उनलाई फेरी पाँच लाख रुपैयाँ जम्मा गर्नुपर्ने भने पछि उनी ठगिन खोजेको भन्नेमा पुगे । पाँच लाख तिर्न नसक्ने भने पछि उनलाई कोरिया पठाउने भनेका व्यक्ति फरार भए ।
उनले आफ्नो फसेको रकम उठाउन जिल्ला प्रशासन कार्यालयमा रहेको वैदेशिक रोजगार सहायता कक्षमा आए र प्रक्रिया अघि बढाए । उनको फसेको एक लाख रुपैयाँ रकम उठ्यो । रितु माला, कुसुम, सुक माया र बलबहादुर त प्रतिनिधिमूलक पात्र मात्रै हुन । वैदेशिक रोजगारीमा ठगिएका उनीहरूजस्ता धेरै जसो जनाको क्षतिपूर्तिको रकम र दलालबाट ठगिएको रकम परियोजना मार्फत धेरै जनाले पाएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ को वैशाख महिना सम्म इलाम जिल्लाबाट वैदेशिक रोजगारमा जानेको विवरण आठ हजार तीन सय ५२ जना रहेको छन् । चालु आर्थिक वर्षमा इलाम नगरपालिकाबाट स्रोत केन्द्रमा वैदेशिक रोजगार सम्बन्धी सूचना लिन पाँच सय ९२ जना पुरुष र तीन सय ३६ महिला गरी नौ सय २८जना वैदेशिक रोजगारीमा गएका छन् भने गत आर्थिक वर्षमा इनपा बाट आठ सय ८२ जना पुरुष र तीन सय तीन जना महिला गरी एक हजार एक सय ८५ जना श्रम स्वीकृति गरी वैदेशिक रोजगारमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम जिल्ला संयोजक गीता बन्जरा सुवेदीले बताइन ।
१९ वर्ष पछि क्षतिपूर्ति
इलामको फाकफोकथुम गाउँपालिका सातका खती लिम्बु वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । उनको साउदीमा नै मृत्यु भयो । त्यसपछि उनको परिवार झापा गएर बस्न थाल्यो । एक छोरी ईश्वरी लिम्बुलाई बुबा कस्तो हुनुहुन्थ्यो थाहा पनि थिएन । उनी आँखा भरी आँसु झार्दे भन्छिन्, ‘बुबा ’bout मलाई केही थाहा थिएन तर बुबा बितेको १९ वर्ष पछि क्षति पूर्ति पाउँदा आफूलाई कथा जस्तो लागेको छ ।’ ‘बाबा फकिएर आउनुभएन हामी पनि झापा बस्न थाल्यौ तर सुरक्षित आप्रवासन कार्यक्रम सामीले हाम्रो घर एकतप्पा सम्म पुगेर हामीलाई खोजी गर्दैसम्पर्कमा ल्याएपछि बुबाको क्षतिपूर्ति बापत १५ लाख रुपैयाँ आएको छ भन्दा कथा जस्तै लाग्यो’ उनले भनिन, ‘हामीले सोचेका पनि थिएनौ बाबाको मृत्युपछि क्षतिपूर्ति आउँछ र पाइन्छ भनेर ।’
इलामका ६२ कोशीका ७७४ जनाको मृत्यु
वैदेशिक रोजगारीमा गएका इलामका ६२ जना सहित कोशी प्रदेशका सात सय ७४ जनाको मृत्यु भएको छ । तीन आर्थिक तथ्याङ्कअनुसार ०७९–८० मा २० जना, ०८०–८१ मा १८ जना र ०८१–८२ को जेठ २६ गते सम्ममा २४ जना गरी इलामका ६२ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा सात सय ७४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलामका ६२, उदयपुरका ६७, ओखलढुङ्गाका २०, खोटाङका ३५, झापाका एक सय ६६, ताप्लेजुङका १२ तेह्रथुमका १९, धनकुटाका ३२ जना रहेका छन् ।
त्यस्तै पाँचथरका ३०, भोजपुरका २४, मोरङका एक सय ४६, सङ्खुवासभाका १७, सुनसरीका एक सय ४१, सोलुखुम्बुका १६ जना गरी तीन आर्थिक वर्षमा कोशी प्रदेशका सात सय ७४ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ०७९–८० देखि ०८१–८२ को जेठ २६ सम्ममा २० जनाको अङ्ग भङ्ग भएको पाइएको छ भने कोशी प्रदेशमा दुई सय ७३ जना रहेका छन् । जसमा सबै भन्दा बढी झापाका ५४ जना, मोरङका ५२, र सुनसरीका ४१ जना रहेका छन् ।
छ वर्षमा १२ करोड ८ लाख ४१ हजार रुपैयाँ
वैदेशिक रोजगारी पीडितहरूले छ वर्ष यता १२ करोड आठ लाख ४१ हजार नौ सय ४९ रुपैयाँ आर्थिक सहायता पाएका छन् । आर्थिक वर्ष २०७६–७७ देखि २०८१–८२ को जेठ २६ गते सम्ममा उक्त रकम पीडितले पाएका हुन । वैदेशिक रोजगारीमा पठाउने भन्दी ठगीमा परेको रकम र अङ्गभङ्ग साथै मृत्यु पछिको क्षतिपूर्ति बापतको रकम पाएका हुन । त्यस्तै सुर्योदय नगरपालिकामा रहेको आप्रवासी स्रोत उपकेन्द्रबाट एक करोड ११ लाख २० हजार ५८ रुपैयाँ आर्थिक सहायता पाएका छन् ।
४९ वटा समस्या मध्ये ३६ वटाको समाधान भइसकेको र त्यसबापत पीडितले उक्त रकम पाएका हुन । यता आव ०७६–७७ मा ७४, ०७७–७८ मा १०६, ०७८–७९ मा १००, ०७९–८० मा ११२, ०८०–८१ म १५५ र ०८१–८२ को जेठ २६ गते सम्म गरी वैदेशिक रोजगारी सम्बन्धी छ सय ६० वटा समस्या रहेका मध्ये ४७८ वटा समाधान भइसकेको र १२१ वटा प्रक्रियामा रहेको संयोजक बन्जराले जानकारी दिइन ।
मृतकको इन्सोरेन्स बापत ८ करोड ३६ लाख
वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्याक्तिहरुको इन्सोरेन्स बापत ८ करोड ३६ लाख रुपैयाँ पीडित परिवारले पाएका छन् । आर्थिक वर्ष ०७६–७७ देखि ०८१–८२ को जेठ २६ गते सम्ममा इन्सोरेन्स बापतको उक्त रकम पाएका हुन । त्यस्तै रकम बुझाई सकेको तर मेडिकल फेल भएकाहरूको ३५ लाख ८० हजार ७ सय ६१ रुपैयाँ र ठगीमा परेकाहरूको १ करोड ४९ लाख ४ हजार ७ सय १८ रुपैयाँ उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम सञ्चालित रहेको छ । यसले वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गर्ने गर्दछ ।
प्रतिक्रिया