स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १५:३२

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।   नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।  हाल लिग-२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन ।त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?