यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आजदेखि शुरु

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १५:१८

काठमाडौँ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आजदेखि यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता शुरु भएको छ ।प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने छ।जिल्ला÷प्रदेश छनोट चरण पार गरी प्रतियोगितामा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका परिषदले जानकारी दिएको छ ।प्रतियोगितामा विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुनेछ।एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ।नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको सहकार्यमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा  हुनेछ। क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?