भागदौडमा मृतकका परिवारलाई कर्नाटक सरकारले दिने राहत बढायो, २५ लाख दिने

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १५:०६

काठमाडौँ । भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बैंगलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा मृत्यु भएकाहरूको लागि क्षतिपूर्ति रकम बढाउने घोषणा गरेका छन् ।सामाजिक सञ्जालमा एक पोस्टमा उनले लेखेका छन्, ‘मैले चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा मृत्यु भएकाहरूको परिवारलाई घोषणा गरिएको क्षतिपूर्ति १० लाखबाट बढाएर २५ लाख पुर्‍याउन आदेश दिएको छु ।’यससँगै उनले यस दुर्घटनामा आफ्ना आफन्त गुमाएकाहरूले आर्थिक कठिनाइको कारणले पीडित हुनु नपर्ने उल्लेख गरेका छन् ।गएको बुधबार, रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको पहिलो आइपिएल उपाधिको विजय उत्सवका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा कम्तिमा ११ जनाको मृत्यु भयो र ५० भन्दा बढी घाइते भएका थिए ।१८ वर्षपछि, रोयल च्यालेन्जर्स बैंगलुरुले आईपीएल ट्रफी जितेपछिको विजय उत्सवमा एक लाखभन्दा बढी प्रशंसकहरू रंगशाला बाहिर भेला भएपछि भागदौड मच्चिएको थियो ।रोयल च्यालेन्जर्स बैंगलुरुले पनि मृतकका परिवारका लागि १०-१० लाख दिने घोषणा गरेको थियो । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?