युएईका कप्तान वसीम बने मे महिनाको उत्कृष्ट पुरुष क्रिकेटर

  नेपाली सन्देश डट कम | २४ जेष्ठ २०८२, शनिबार १६:५४

काठमाडौँ । युएईका कप्तान मुहम्मद वसीम मे महिनाको उत्कृष्ट पुरुष क्रिकेटरको अवार्ड जितेका छन् ।आइसीसीले वसीम मे महिनाको लागि आइसीसी पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड जितेको जानकारी दिएको छ ।वसीमको नेतृत्वमा युएईले आफ्नो टोलीलाई बंगलादेशविरुद्धको सिरिजमा ऐतिहासिक जित दिलाएका थिए । युएईले बंगलादेशविरुद्धको सिरिज २-१ ले जित्दा वसीमले तीन खेलमा १६६.६६ को स्ट्राइक रेटमा १४५ रन बनाएका थिए । उनी यस सिरिजको प्लेयर अफ द सिरिज पनि बनेका थिए । उनले स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र अमेरिकाका मिलिंद कुमारलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।वसीमले यो सम्मान जितेको यो दोस्रो पटक हो, उनको यसअघि अप्रिल २०२४ मा पनि आसिसी पुरुष क्रिकेटरको अवार्ड जितेका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?