भागदौड घटनामा विराट कोहलीप्रति आक्रोश, #ArrestKohli ट्रेन्ड

  नेपाली सन्देश डट कम | २४ जेष्ठ २०८२, शनिबार ०४:०५

काठमाडौँ । भारतको बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि अहिले यसको प्रमुख निशानामा विराट कोहली देखिएका छन् ।रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई यस सिजनको आइपिएल जिताउन महत्वपूर्ण भुमिका निभाएका विराटविरुद्ध सामाजिक सञ्जाल एक्समा #ArrestKohli ट्रेन्ड गरिरहेको छ ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विराट जस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियम बाहिर फ्यानहरु मरिरहदा स्टेडियम भित्र जितको खुशी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।विराट भागदौडको एक दिनपछि बिहीबार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आक्रोस व्यक्त गरेका छन् ।यस अघि विराटले घटनापछि सामाजिक सञ्जालमार्फत आफु स्तब्ध भएको उल्लेख गरेका थिए ।घटनाको छानबिन गर्न प्रहरीले आरसिबीका अधिकारीहरुसहित चार जनालाई पक्राउ गरेको छ ।  

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?