गजुरी-८ महादेवखर्कमा दुई दिने एकिकृत सामुदायिक कार्यशाला गोष्ठी सम्पन्न

  नेपाली सन्देश डट कम | ७ पुष २०७८, बुधबार ०६:०१

धादिङको गजुरी गाउपालिका वडा नं. ८ महादेवखर्कमा दुई दिने एकिकृत सामुदायिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गजुरी गाउपालिका र शान्ती नेपालको साझेदारीमा सन्चालित एकीकृत सामुदायिक पोषण तथा खाद्य सुरक्षा परियोजना अन्तर्गत गोष्ठी सम्पन्न भएको हो । गजुरी गाउपालिका वडा नं. ८ का अध्यक्ष राजकुमार ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा महादेवखर्क गाउका ५४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा समुदायको आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य र सरसफाइको अवस्था विश्लेषण गरिएको थियो ।

एउटै समुदायमा धेरै समुहहरु रहेको र प्रभाबकारी समूह परिचालन नएकोले सामुदायिक विकासका लागि सबै घरधुरीलाइ आवद्द गराइ समूह समयोजन गरि प्रभावकारी रुपमा समिह परिचलान गर्ने निर्णय भएको छ । कार्यक्रममा वडा अध्यक्ष ढुङ्गानाले समुदायको कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र पोषण सुधारका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा शान्ती नेपालका परियोजना संयोजक लाल प्रसाद पोख्रेल, सामुदायिक स्वास्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

६१ घरधुरी तामाङ जातिको मात्र बसोबास रहेको समुदायमा ५ बर्ष मुनिका २८ जना बालिबालिका, ५ जना गर्भवती, १२ जना प्रवेशिका परीक्षा उत्तीर्ण गरेको,र एक जना सरकारी सेवामा रहेको पाइएको छ । गर्भजाच नियामीत गर्ने गरेको, बालबालिकाको नियमित वृद्दी अनुगमन गर्ने गरेको र स्वास्थ्य सस्था टाढा भएका कारण अझै पनि केही आमाहरु घरमै सुत्केरी हुने गरेको पाइएको छ । समुदायको समग्र विकासका बारेमा छलफल गर्न आयोजना गरिएको सामुदायिक गोष्ठीमा समुदायको राम्रा पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरुका बारेमा पनि छलफल गरिएको उद्दब चेपाङले जानकारी दिनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?