प्रेमिका गौरी बारे आमिर खान भन्छन्- उनले मेरो जीवनमा शान्ति र सन्तुलन ल्याईन्

  नेपाली सन्देश डट कम | २३ जेष्ठ २०८२, शुक्रबार १४:२४

काठमाडौँ । बलिउडका मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिर खान प्रायः आफ्नो मनको कुरा खुलेर बोल्ने व्यक्तित्वका लागि परिचित छन् ।आमिर आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि धेरै मुखर छन् र यसबारे कुरा गर्न हिचकिचाउँदैनन्। चाहे त्यो सम्बन्ध विच्छेदको कुरा होस् वा प्रेम जीवनको, आमिर खुलेर बोल्छन् । आमिरले हालै एक अन्तर्वार्ताका क्रममा आफ्नी प्रेमिका गौरी स्प्राटकसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । उनले गौरीले आफ्नो जीवनमा शान्ति र सन्तुलन ल्याएको बताएका छन् ।आमिरलाई गौरीको बारेमा भनेका छन्- ‘हेर, हरेक व्यक्तिको अरूमा प्रभाव हुन्छ । गौरी धेरै शान्त र सन्तुलित छिन्। म उनीभन्दा पूर्ण रूपमा फरक छु। कहिलेकाहीँ म ३६ घण्टा लगातार काम गर्छु र त्यसपछि उतिनै उही घण्टा सुत्छु । म प्रायः मेरो विचारमा हराएको हुन्छु । गौरी र म एकअर्काबाट धेरै फरक छौं । तर यो भिन्नताले हामीलाई एकअर्कातिर तान्छ । जसरी विपरीतहरू आकर्षित गर्छन् भनिन्छ । गौरीले मेरो जीवनमा शान्ति र सन्तुलन ल्याउँछिन् र म सम्बन्धमा उत्साह र खुशी ल्याउँछु ।’प्रेमको शक्तिको बारेमा कुरा गर्दै आमिरले भने, ‘प्रेम यस्तो शक्ति हो जसले साहस दिन्छ । जब तपाईं समस्यामा हुनुहुन्छ, तपाईं भन्न सक्नुहुन्छ कि म लडिरहनेछु। गौरीले मलाई यस्तो माया दिएकी छिन्।’दुई विवाहबाट सम्बन्ध विच्छेद पछि, गौरीसँगको आफ्नो सम्बन्ध सार्वजनिक गर्न कति गाह्रो थियो भन्ने प्रश्नमा आमिरले भनेका छन्- ‘सबैको अगाडि मेरो सम्बन्ध स्वीकार गर्नु मेरो लागि ठूलो कदम थियो । मैले गौरीलाई सबैको अगाडि परिचय गराए । यसको अर्थ म उनको लागि पूर्ण अडान लिन्छु । धेरै मानिसहरूले आफ्नो सम्बन्ध लुकाउँछन्, तर म त्यसो गर्दिन । यदि म कसैको हात समातेर हिँड्छु भने, म सबैको अगाडि उनीहरूलाई सम्मान दिन चाहन्छु ।’ उनले अगाडी भनेका छन्- ‘यदि मैले मेरो पार्टनरको बारेमा मानिसहरूबाट लुकाए भने, म उनीहरूलाई सम्मान गर्दिन । मेरो सम्मान र उनको सम्मानमा कुनै फरक हुनु हुँदैन । म कहिल्यै उनलाई चोट पुर्‍याउने कुनै कदम चाल्ने छैन ।’

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?