काठमाडौँ । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा चिलीलाई पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।अर्जेन्टिनाको जितमा खेलको १६औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।यो जितपछि अर्जेन्टिनाको १५ खेलमा ३४ अंक भएको छ र अर्जेन्टिना यसअघि नै दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट भइसकेको छ ।त्यस्तै चिलीको भने १५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।
प्रतिक्रिया