गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न गृहमन्त्री लेखक सशस्त्र मुख्यालयमा

  नेपाली सन्देश डट कम | २३ जेष्ठ २०८२, शुक्रबार १४:००

काठमाडौँ । गृहमन्त्री रमेश लेखक विहिबार सप्तकोशीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक पुगेका छन् । उनलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए ।सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य बिपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा कामकारबाहीबारे विस्तृत रुपमा जानकारी गराएका थिए ।सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए । गृहमन्त्री लेखकसँगै राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सह–सचिव रामचन्द्र तिवारी लगायत गृह मन्त्रालयका पदाधिकारीहरु समेत सहभागी भएका थिए ।गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयबाट के गर्न सकिन्छ, त्यसमा लाग्ने बताए । खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्ने बताउदै उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए ।सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानै बाट खोजी कार्य शुरु भएको सशस्त्रले जनाएको छ । सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको क्रममा दुई गोताखोर बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?