आरसीबीले भागदौडमा मृत्यु भएका परिवारलाई १०-१० लाख दिने

  नेपाली सन्देश डट कम | २२ जेष्ठ २०८२, बिहीबार १९:३५

काठमाडौँ । आइपिएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा मृत्यु भएका ११ जना फ्यानका परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।आरसीबीले यस दुखद घटनामा घाइते भएका फ्यानहरूलाई सहयोग गर्न ‘आरसीबी केयर्स’ नामक कोष पनि सिर्जना गरिएको जानकारी दिएको छ । बुधबार आइपिएल जितको उत्सव मनाउनेक्रममा बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियम बाहिर भागदौडमा ११ जनाको मृत्यु भएको थियो । यस बाहेक ३० जनाभन्दा बढी घाइते भएका थिए ।आरसीबीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो घटनाले परिवारलाई धेरै पीडा दिएको छ र सम्मानको रूपमा, ११ परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने बताएको छ । यसअघि कर्नाटक राज्य सरकारले पनि मृतकका परिवारलाई १०-१० लाख दिने घोषणा गरेको थियो । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?