काठमाडौँ । मिस नेपाल २०२५ को आवेदन खुलेको छ । नेपालमा द हिडेन ट्रेजरले मिस नेपालको आयोजना गर्दै आएको छ ।१८ देखि २७ बर्षका अविवाहित युवतीले मिस नेपालमा आवेदन दिन सक्नेछन् । साथै नेपाली नागरिक हुनुपर्ने र न्युनतम कक्षा १२ को अध्ययन सकेको हुनुपर्ने उल्लेख छ ।मिस नेपालको आवेदन दिन ५ फिट ३ इन्च उचाई भएको र शरीरमा कुनै टाटु नबनाएको हुनुपर्ने द हिडेन ट्रेजरले उल्लेख गरेको छ ।मिस नेपालले नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा प्रतिष्पर्धा गर्ने अवसर पाउने गर्दछन् ।यस लिंकमा गएर मिस नेपालका लागि आवेदन दिन सकिन्छ https://www.missnepal.com.np/apply
प्रतिक्रिया