ओली मेरो राजनीतिक क्यारियर समाप्त गर्न चाहन्छन्- माधव नेपाल

  नेपाली सन्देश डट कम | २२ जेष्ठ २०८२, बिहीबार १६:११

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुले कुनै अनुचित काम नगरेको प्रतिक्रिया दिएका छन् ।रौतहटमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफुले अनुचित काम नगरेको बताउदै पतञ्जली जस्तो संस्थामा यस्तो होला भन्ने आफुले कल्पना समेत नगरेको बताए ।उनले भने- ‘मैले अनुचित काम गरेको छैन । के भएको छ त्यस बारेमा जानकारी छैन । मैले पनि कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ । पतञ्जली जस्तो संस्थामा जग्गा प्रकरणमा यस्तो होला भन्ने आफुले कल्पना समेत गरेको थिइन् । अहिले म कसैलाई आरोप लगाउन गर्न चाहन्न । म आफै कुनै खराब नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ति आदेश दिने काम मबाट भएको छैन ।’अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो क्यारियर समाप्त गर्ने नियत नै राखेको बताउदै भने- उहाँ मेरो विरुद्ध शुरुदेखि लाग्नु भएकै हो । मेरो राजनीति क्यारियरलाई समाप्त पार्ने नियत नै हो । पहिला पनि उहाँले यस्तो किसिमको कोसिस पटक पटक गर्नु भएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’अख्तियारले विहिबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएका थिए । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?