नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधियो- राजेन्द्र पाण्डे

  नेपाली सन्देश डट कम | २२ जेष्ठ २०८२, बिहीबार १४:३३

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध साधेर अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्धा दायर गरिएको आरोप लगाएका छन् ।अख्तियारले नेपालविरुद्ध पतन्जलीको जग्गा प्रकरणमा विहिबार विशेष अदालत मुद्धा दायर गरेको विषयमा प्रतिक्रिया दिदै पाण्डेले राजनीतिक प्रतिशोधका कारण मुद्दा दायर गरेको आरोप लगाएका छन् ।पाण्डेले अध्यक्ष नेपालको यस प्रकरणमा भ्रष्टाचारजन्य काम भएको आफुलाई नलागेको बताउदै भने- ‘यति बेला यो घटना जन्मिनु, आउदो जेठ २८ गते संबैधानिक आयोगका प्रमुखहरु बारे निर्णय आउदै गर्नु र यहि छोटो अवधिमा के के गर्नु पर्ने हो, सबै गर्न खोजे जस्तो देखिदैछ । मलाई राजनीतिक प्रतिशोध हो भन्ने लाग्छ । पाण्डेले नीतिगत निर्णयमा मुद्धा दायर गरिएको भन्दै यसले अब संसदमा रहेका धेरै नेताहरुले बिदा पाउने देखियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?