पतञ्जली जग्गा प्रकरणमा माधव नेपालसहित को कोविरुद्ध दायर भयो मुद्धा ?

  नेपाली सन्देश डट कम | २२ जेष्ठ २०८२, बिहीबार १४:२३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विहिबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको छ । मुद्धा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बित भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएका थिए । २०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरी ३५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

को को विरुद्ध दायर भयो मुद्धा ?

संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल । तत्कालीन कानून तथा न्याय मन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेम बहादुर सिंह । तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र निजको छोरा सन्तोष श्रेष्ठ । तत्कालीन मन्त्रिपरिषद्को सचिव(नेपाल सरकारको मुख्यसचिव) स्व. माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जीतबहादुर थापा र लालमणि जोशी । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानून) कलानिधी पौडेल उपसचिवहरु गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि के.सी.भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशर बहादुर बानिँया ।
भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायव सुब्बा वुद्धि बहादुर कार्कीमालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार । मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मा । मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरी शर्मा सुवेदी, नायब सुब्बाहरु विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमेगाईँगुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का.मु कार्यालय प्रमुख कृष्णहरी भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधव प्रसाद होमागाईँ ।

तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप-प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट । पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह । भोज राज शर्मा वाग्ले जीवन राज कडेल ध्रुव राज थापा मनु घिमिरे ओम प्रकाश वंशल भिमदत्त जोशी विरेन्द्रलाल श्रेष्ठ लक्ष्मण कार्की- मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बा राम कृष्ण खत्री, खरिदार बद्रिप्रसाद हुमागाईँ ।
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत उमेश राज दाहाल र नायब सुब्बाहरु तुलामणि राजभण्डारी, जिव रमण उप्रेती र मोहन प्रसाद पराजुलीचौतारामा प्रा.लि. तथा उक्त कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य, शेखर कुमार राणा । स्व.राधेश्याम सराफ र निजको छोरा अरुण कुमार सराफ । पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह । मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरु राम कृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णु प्रसाद होमागाई, राम काजी श्रेष्ठ, हरि शरण श्रेष्ठ, राम प्रसाद सत्याल, कृष्ण प्रसाद सापकोटा, खरिदारहरु बद्रिप्रसाद हुमागाईँ, पुष्प कुमार पौडेल र रोसकाजी जस्पाउ । गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी, फाँटवाला माधव प्रसाद होमागाई र कार्यालय सहायक राजकुमार सिग्देल । मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बाहरु विनोद कोइराला, राम कृष्ण खत्री, हरि शरण श्रेष्ठ, राम काजी श्रेष्ठ र खरिदार बद्री प्रसाद हुमागाई । गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य । तत्कालीन सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीब सापकोटा, अधिकृत ममता पराजुली ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?