कमल थापाको गुनासो- निषेधित क्षेत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च तयार भएन

  नेपाली सन्देश डट कम | २२ जेष्ठ २०८२, बिहीबार १३:२०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निषेधित क्षेत्रविरुद्धको सर्वोच्च अदालतले दर्ता नगरेको गुनासो गरेका छन् ।सामाजिक सञ्जालमा न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ भन्दै अध्यक्ष थापाले माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्चले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको तर सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि तयार नभएको गुनासो गरेका छन् ।उनले भनेका छन्थ रीथरीको न्याय ! माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो। तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन । न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?