संसदको अवरोध खुलाउन अधिकतम प्रयास गर्ने माओवादी पदाधिकारीको निर्णय

  नेपाली सन्देश डट कम | २२ जेष्ठ २०८२, बिहीबार १२:५८

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको अवरोध खुलाउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसदको अवरोध खुलाउन अधिकतम प्रयास गरिरहेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । प्रवक्ता सापकोटाले अहिलेको संसदको अवरोध खुलाउन सरकार र अन्य प्रतिपक्षी दलहरूसँग छलफल भइरहेको र यसलाई निष्कर्षमा पुर्याउन अधिकतम पहल गर्ने निष्कर्षमा पुगेको बताए उनले भने मुख्य कुरा छानबिनको हो । कुरा भईरहेको छ । हिजो पनि छलफल भएको थियो । आज पनि छलफल गर्छौं । यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनु पर्छ भन्ने छ । सरकार पक्ष र अरू विपक्षी दलहरूसँग पनि छलफल गर्छौं । हामी यो गम्भीर विषय भएकोले यसलाई सकारात्मक रुपमा निष्कर्षमा पुर्याउनु पर्छ भन्ने छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?