ब्रिटिस गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०८२, बुधबार २०:५९

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले ब्रिटिस गोरखा र एनआरएनहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए।

उनले नेपाली नागरिक अनागरिक नहून् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिने कुरा सस्तो बनाउन नहुने बताए।

सभापति खतिवडाले भने, ‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहून्, अन्य विदेशीहरूलाई खुला पनि नगरौँ। हामी सबैको चाहना पनि त्यही हो। त्यही धाराणा साथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौं। हामी चाहे ब्रिटिस गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौं। उहाँहरूको समस्या समाधान गर्न पनि सरकार अघि बढोस्। त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस्।’

बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ।

बिहीबारदेखि दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?