नेपाल र नेदरल्याण्डसबीचको खेल वर्षाले अवरुद्ध

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०८२, बुधबार १९:२७

काठमाडौँ । नेपाल र नेदरल्याण्डसबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको यो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेदरल्याण्डसले ४७.३ ओभरमा ७ विकेट गुमाउदै २१९ रन बनाएपछि खेल रोकिएको हो । नेदरल्याण्डसका लागि नोह क्रोएस अविजित ४६ रन बनाएर खेलिरहेका छन् भने रोएलोग भान डेर मेर्वे २० रन बनाएर खेलिरहेका छन् ।यसअघि नेदरल्याण्डसका कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।त्यसैगरी नेपाली बलर ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?