श्रीराम श्रेष्ठको पुस्तक ‘खनियाबास विद्रोह’ को लोकार्पण

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०८२, बुधबार १९:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘खनियाबास विद्रोह’ लोकार्पण गरेका छन् ।बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालिन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो । ‘खनियाबास विद्रोह’ श्रेष्ठको २८ औँ प्रकाशित कृति हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । श्रेष्ठ नेपाली कांग्रेस नुवाकोट जिल्लाका सचिव समेत हुन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?