दुई लाखको बाटोमा सुन : चाँदी पनि बढ्यो

  नेपाली सन्देश डट कम | २० जेष्ठ २०८२, मंगलवार ११:०६

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ, जुन सोमबारको तुलनामा दुई हजार नौ सय रुपैयाँले बढी हो। सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर दुई हजार ४५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?