उपत्यका बन्दको चेतावनी, राजावादीद्वारा घोषणा

  नेपाली सन्देश डट कम | १८ जेष्ठ २०८२, आईतवार २०:५४

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले सोमबार काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।

आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका छन्।

सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्नू परेको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?