महिला एफए कपको च्याम्पियन भयो चेल्सी

  नेपाली सन्देश डट कम | ५ जेष्ठ २०८२, सोमबार ०८:५२

काठमाडौं । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।

चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न फाइनलमा चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोरले दुई तथा क्याटरिना मकारियोले एक गोल गरेकी थिइन् ।

 

खेलको ४५औं मिनेटमा बाल्टिमोरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लिन सफल भएएको थियो भने ८४औं मिनेटमा मकारियोले टोलीको अग्रता दोब्बर बनाइन ।

 

अन्ततः इन्जुरी समयमा बाल्टिमोरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाइन् । यो सिजन चेल्सीको यो तेस्रो घरेलु उपाधि हो । 

यसअघि टोलीले महिला सुपर लिग र महिला लिग कपको उपाधिसमेत जितेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?