बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा धादिङको गजुरीमा सम्पर्क कार्यालय स्थापना

  नेपाली सन्देश डट कम | २१ मंसिर २०७८, मंगलवार १०:३०

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले धादिङको गजुरीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । गृह जिल्लामा स्थापना गरिएको सम्पर्क कार्यालयको सोमबारनै एक कार्यक्रम गरि उद्घाटन गरेका छन् ।

मुख्यमन्त्रीको कार्यालयबाट सम्पादन हुने सबै किसिमको क्रियाकलाप जनताले प्रत्यक्ष अनुभव गर्न पाउने गरि सेवा प्रदान गर्न सम्पर्क कार्यालय स्थापना गरिएको पाण्डेले बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेल, सार्वजनिक निर्माण ईकाइ गजुरीका प्रमुख दिपेन्द्र सुवेदी, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख पुरुसोत्तम पाण्डे, नेकपा समाजवादी धादिङका सचिव सुवास खतिवडा, समाजवादी अनुशासन विभागका सदस्य कृष्ण अर्याल लगायत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?