ब्रेकिङ न्यूज: त्रिभुवन विमानस्थल अबरुद्ध, कोरियन एयरलाइन्सको विमान दिल्ली फर्कियो

  नेपाली सन्देश डट कम | २९ बैशाख २०८२, सोमबार २१:२३

काठमाडौँ । तिब्र हावाको वेगका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अवतरण प्रक्रिया अवरुद्ध भएको छ ।

सोमबार साँझ काठमाडौँ अवतरणको तयारीमा रहेका कतार एयरवेज, कोरियन एयरलाइन्स लगायत आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू आकासमै होल्डमा परेका छन् ।

कोरियन एयरलाइन्सको एक यात्रुका अनुसार, विमानले करिब तीन घण्टा काठमाडौँको आकाशमा चक्कर लगाए पनि अवतरण गर्न नसकेपछि अन्ततः सबै यात्रुसहित सो विमान नयाँ दिल्लीतर्फ मोडिएको हो ।

विमानस्थल प्रशासनले घटनाबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन । खराब मौसमका कारण अन्य उडानहरू समेत प्रभावित भएका छन् ।

थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?