बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध

  नेपाली सन्देश डट कम | २९ बैशाख २०८२, सोमबार १०:१४

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ। आतंकवादविरोधी कानुनअन्तर्गत मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले उक्त प्रतिबन्ध लगाएको हो । अवामी लिगका नेता कार्यकर्तालाई सामाजिक सञ्जाललगायतका अनलाइन प्लाटफर्ममासमेत प्रचारप्रसार गर्न रोक लगाइएको छ ।

राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यस्तो कदम चालिएको सरकारले जनाएको छ। अवामी लिगले पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णयलाई अस्वीकार गरेको छ। अवामी लिगले आफ्ना गतिविधि जारी राख्ने एक विज्ञप्तिमा जनाएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?