परराष्ट्र मन्त्री देउवाको पनि डा. बद्री केसीलाई साथ, एनआरएनए कन्क्लेभमा विशेष उपस्थिति हुने

  नेपाली सन्देश डट कम | २८ बैशाख २०८२, आईतवार १७:२८

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी बुधवार हुने ‘एनआरएनए ग्लोबल कन्क्लेभ २०२५’ मा सरकारका उच्च अधिकारीहरूको सहभागिता सुनिश्चित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको विशेष उपस्थिति रहने बताइएको छ।

गैरआवासीय नेपाली संघकी महासचिव टिका गुरुङका अनुसार संघका अध्यक्ष डा. बद्री केसीले आइतवार परराष्ट्र मन्त्रालयमा भेट गरी मन्त्री देउवालाई कन्क्लेभमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए। मन्त्री देउवाले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आफू पनि सहभागी हुने प्रयास गर्ने जानकारी दिएकी छन्।

गैरआवासीय नेपाली संघको पछिल्लो विवादका क्रममा मन्त्री देउवा एकता पक्षधर अधिवेशनको समर्थन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन्, जसका कारण उनी आलोचनाको केन्द्रमा आएकी थिइन्।

संघको आन्तरिक विवाद अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ। एकता अधिवेशनपछि अध्यक्ष पदको दाबी गर्दै आएका महेश कुमार श्रेष्ठ र हाल अध्यक्ष रहेका डा. बद्री केसीबीच आगामी अक्टोबरभित्र एकता कायम गर्ने उद्देश्यसहित बृहत अधिवेशन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको बुझिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?