तीनकुने घटनामा संलग्न रहेको आरोपमा शिवसेना अध्यक्ष अनिल बाबा बस्नेत पक्राउ

  नेपाली सन्देश डट कम | २८ बैशाख २०८२, आईतवार १५:३७

काठमाडौं। तीनकुने घटना प्रकरणमा थप एकजना राजावादी पक्राउ परेका छन् । राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अदालतको पक्राउ पूर्जि बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आए पछि उनी पक्राउ परेको रमा सिंहले जानकारी दिइन् ।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भए पछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?