बाल मन्दिरको २८ रोपनी जग्गा हिनामिना : पूर्वमन्त्रीकी दिदीसहित १७ जनाविरुद्ध मुद्दा

  नेपाली सन्देश डट कम | २४ बैशाख २०८२, बुधबार २०:०५

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा संलग्न रहेका भन्दै १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार (२०७८ वैशाख २४) काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB)ले गरेको अनुसन्धानपछि प्राप्त प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानबिन गरी मुद्दा अगाडि बढाएको हो।

प्रतिवादीहरूको सूचीमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य पनि परेकी छन्। साथै, मुद्दामा तीन जना भारतीय नागरिक समेत प्रतिवादी बनाइएको छ। बृहस्पति विद्यासदनका सञ्चालकसमेत रहेका ती भारतीय नागरिकहरूमा ४४ वर्षीय अभिनव सिंघानिया, ४४ वर्षीय सिद्धार्थ केडिया र ७१ वर्षीय कीर्तिप्रसाद पाण्डेय छन्।

जग्गा हिनामिना तथा हडप्न खोजिएको आशंकामा विभिन्न व्यक्तिहरूले मिलेमतो गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र त्यसकै आधारमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

मुद्दाको थप विवरण सार्वजनिक भइसकेको छैन भने अदालतले प्रारम्भिक सुनुवाइ कहिले गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको छैन।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?