“कोशी प्रदेशमा पहिलो प्रदेश लगानी सम्मेलन, आज र भोलि प्रधानमन्त्रीको उद्घाटनसँगै”

  नेपाली सन्देश डट कम | १८ बैशाख २०८२, बिहीबार १०:२४

काठमाडौँ। कोशी प्रदेश सरकारले आज र भोलि पहिलो प्रदेश लगानी सम्मेलन आयोजना गर्दैछ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिंदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर सरोज कोइरालले बताए ।

लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ ।पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।

लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ । सम्मेलनअघि निजी क्षेत्रको सहजताका लागि मंगलबार आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरेको थियो । लगानीमैत्री वातावरण निर्माणका लागि ऐन संशोधन गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?