काठमाडौं । प्रतिनिधिसभाको बैठकवाट अर्को पनि बिधेयक पारित भएको छ ।
भन्सार बिधेयक पारित भए लगत्तै ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पनि बहुमतले पारित भएको हो ।
मंगलबार विधेयकमाथिको सैद्धान्तिक छलफल सकिए लगत्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावलाई संसद्का बहुमत सांसदहरुले हात उठाएर पारित गरिएको हो ।
सो विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटिहरुको सुधार गरिएको दावी गरेका छन् ।
प्रतिक्रिया