ब्रिटीश गोर्खा नेपाल भूतपूर्व सैनिक संघ यूकेको अधिवेशन स्थगित

  नेपाली सन्देश डट कम | ६ बैशाख २०८२, शनिबार ००:४२

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको सम्मानमा वेलायतमा आयोजना हुन लागेको एक कार्यक्रम स्थगित भएको छ।

संघका अध्यक्ष केशबहादुर गुरुङका अनुसार शनिबार लन्डनको प्लम्स्टेडमा तय भएको ब्रिटीश गोर्खा नेपाल भूतपूर्व सैनिक संघ यूकेको अधिवेशन विविध प्राविधिक कारणले स्थगित गरिएको हो।

गुरुङले अधिवेशन स्थगन हुनुमा भएको असुविधाप्रति संघले दुःख व्यक्त गरेको जानकारी दिए।

यसअघि, नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङले आङदेम्बे पार्टीको आधिकारिक कार्यक्रममा सहभागी हुन वेलायत गएका भन्ने समाचार असत्य भएको स्पष्ट पारेका थिए।

“म अहिले नेपालमै छु। जनसम्पर्क समितिको सभापति म हुँ। कसले मेरो नाम प्रयोग गर्‍यो, मलाई थाहा छैन,” गुरुङले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?