काठमाडौँ । विहीबार वेलायतमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन लन्डन गएका नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे विवादमा तानिएका छन्। उनी पार्टीको आधिकारिक कार्यक्रम बाहेकका गुटीय गतिविधिमा संलग्न हुन लागेको भन्दै आलोचना भएको हो।
नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङले आङदेम्बे पार्टीको आधिकारिक कार्यक्रममा सहभागी हुन वेलायत गएका भन्ने समाचार असत्य भएको बताएका छन्। “म अहिले नेपालमै छु। जनसम्पर्क समितिको सभापति म हुँ। कसले मेरो नाम प्रयोग गर्यो, मलाई थाहा छैन,” गुरुङले प्रतिक्रिया दिएका छन्।
गुरुङ्गले उनलाई पार्टीको आधिकारिक कार्यक्रम बाहेक अन्य कार्यक्रममा सहभागी नहुन सुझाव दिदै केन्द्रीय नेताहरु विदेशमा गुटको भेलामा सहभागी हुँदा कार्यकर्तामा गलत सन्देश जाने बताए ।
यद्यपि, आङदेम्बे ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (BGNESA) यूकेको चौथो अधिवेशनमा प्रमुख अतिथि बन्ने कार्यक्रम रहेको छ। साथै, उनी २० अप्रिलमा लन्डनस्थित शेखर कोइराला समूह नजिकको नेपाली जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने छन्।
सहमहामन्त्री आङदेम्बे पत्नी ललिता देवी आङदेम्बेसहित लन्डन गएका हुन्।
प्रतिक्रिया