शेष घलेको राजीनामा माग !

  नेपाली सन्देश डट कम | १ बैशाख २०८२, सोमबार २०:१८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेको राजीनामा माग गरिएको छ।

संघको एकता महाधिवेशनका लागि सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिका संयोजक रहेका घलेले सर्वसम्मत महाधिवेशन गर्न नसकेको भन्दै उनको राजीनामा माग गरिएको हो।

गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शेष घलेलाई लक्षित गर्दै लेखेका छन्, “सर्वसहमतिमा एकताको महाधिवेशन गर्न असमर्थ हुनुभएको छ भने कृपया मार्ग प्रशस्त गर्नुहोस्।”

थापाले थप लेखेका छन्, “यदि तपाईं (शेष घले) ले सक्नुहुन्न भने डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट र कुमार पन्तले त्यो कार्य गर्न सक्ने क्षमता राख्छन्। हलो अड्काएर गोरु चुट्ने काम नगरौं।”

सर्वोच्च अदालतको दोस्रो फैसलालाई बेवास्ता गर्दै घलेले मे महिनाको पहिलो साता एकलरूपमा महाधिवेशन गर्ने तयारी गरेपछि संघभित्र विवाद चुलिएको हो। यसअघि परराष्ट्र मन्त्रालयसहित संघका संस्थापक र पूर्वपदाधिकारीहरूले महाधिवेशन स्थगन गर्न आग्रह गरेका थिए। तर घले एकलरूपमा अगाडि बढेपछि संघ विभाजनको संघारमा पुगेको बताइएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?