इरान अमेरिकासँग ‘निष्पक्ष र मर्यादित सम्झौता’ चाहन्छः इरानी बिदेश मन्त्री

  नेपाली सन्देश डट कम | ३० चैत्र २०८१, शनिबार २०:३९

मस्कट । मस्कटमा ओमानी विदेशमन्त्रीसँगको भेटपछि इरानी बिदेश मन्त्री अब्बास अरघचीले पहिलो प्रतिक्रिया दिएका छन् । इरानी विदेशमन्त्रीले आफ्नो देश अमेरिकासँग “निष्पक्ष र मर्यादित सम्झौता” गर्न खोजिरहेको बताएका छन्।

यदि पर्याप्त इच्छाशक्ति छ भने हामी वार्ताको समय तालिका बारे निर्णय गर्नेछौं उनले भने। अमेरिकाले सोही दृष्टिकोण अपनाएमा वार्ताको बाटोतर्फ डोर्‍याउन सक्ने ‘प्रारम्भिक समझदारी’मा पुग्ने अवसर रहेको पनि अर्घाचीले बताए ।

यस प्रारम्भिक बैठकमा दुवै पक्षबाट पर्याप्त इच्छाशक्ति छ कि छैन लगायत धेरै मुद्दाहरू स्पष्ट हुनेछन्, यदि त्यसो हो भने हामी समयरेखामा निर्णय गर्न सक्छौं,’ उनले भने, ‘यो विशेषको बारेमा बोल्न अझै धेरै चाँडो हुन्छ ।’

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?