सिद्धबाबा क्षेत्रमा शनिबार बिहान भीषण पहिरो खस्दा कार पुर्यो, राजमार्ग अवरुद्ध

  नेपाली सन्देश डट कम | ३० चैत्र २०८१, शनिबार ०९:४७

काठमाडौं ।पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्रमा शनिबार बिहान भीषण पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहान ४ बजेतिर खसेको पहिरोले लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको एक कार पुरिएको प्रहरीले जनाएको छ । कार माथिल्लो भागबाट आएको पहिरोले पुरेको हो ।

कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ गइरहेको थियो । कारका चालक र यात्रुहरू भने सकुशल छन् । यद्यपि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ । यतिबेला दोभान क्षेत्रको तल्लो र माथिल्लो सिद्धबाबा खण्डमा निर्माणाधीन कल्भर्ट पनि समस्यामा परेको छ । त्यहीँ भासिएको कल्भर्टमा एक टिपर फसेको र त्यसलाई हटाउने प्रयास जारी रहेको दोभान प्रहरी चौकीले जनाएको छ । स्थानीय चालक पीताम्बर भट्टराईका अनुसार, रातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजेदेखि नै राजमार्ग अबरुद्ध भएको हो ।

हाल सो क्षेत्रमा सुरुङ मार्गसहित रक नेट, कल्भर्ट र नाली निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । यो खण्ड विशेषगरी संवेदनशील मानिन्छ, किनकि नरम माटोमा अडिएका चट्टानहरू सुख्खायाममा समेत खस्ने गरेको जनाइएको छ ।

सिद्धबाबा खण्ड पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फका सवारीहरू सञ्चालनमा आउने हुँदा यो मार्गको अवस्था अत्यन्त महत्त्वपूर्ण मानिन्छ । हाल सम्बन्धित निकायहरूले पहिरो र फसेका सवारी हटाउने कार्य तीव्र रूपमा अघि बढाइरहेका छन्

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?