शेष घलेको सेराटन होटलको नक्सा कानूनविपरीत : नविन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका (भिडियोसहित)

  नेपाली सन्देश डट कम | ३० चैत्र २०८१, शनिबार ०५:५९

काठमाडौं । अष्ट्रेलियास्थित धनाढ्य तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानीमा काठमाडौंमा निर्माणाधीन सेराटन होटलको नक्सा कानूनविपरीत पास गरिएको खुलासा भएको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार ठमेलमा निर्माणाधीन घलेको सेराटन र हिल्टन होटल, कमलादीमा बनेको काठमाडौं टावर लगायतका अग्ला भवनहरूको नक्सा मेयर बालेन शाहको मिलेमतोमा पास गरिएको आरोप उनले लगाएका छन्।

योहो टेलिभिजनसँगको अन्तरवार्तामा उनले मेयर स्वयं संरचनात्मक इन्जिनियर (Structural Engineer) भएर पनि मनपरी ढंगले नक्सा पास गरेको दाबी गरे। उनले काठमाडौं टावर बनाउन सहमति भए तापनि मेयरले राजनीति गरेर सो विषयलाई विवादमा तानेको आरोप लगाए। उनका अनुसार सो भवन २९ तलासम्म बनाउने सहमति भएको थियो।

उनले शेष घले लगायतका लगानीमा निर्माणाधीन सबै अग्ला भवनहरूको नक्सा पासमा भएको चलखेलको छानबिन गर्न माग गरे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?