काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधानका लागि गठन गरिएको उच्चस्तरीय समितिले प्राप्त सदस्यता आवेदनहरूमा छानबिन गरिने बताएको छ।
सो समितिकी सदस्यता वितरण उपसमितिकी संयोजक जानकी गुरुङले मंगलबार विज्ञप्ति जारी गर्दै भारत, नेपाल र उत्तर कोरियालगायत देशहरूबाट सदस्यता परेको भन्ने समाचारको खण्डन गरेकी छन्। उनले निर्धारित समयसीमाभित्र प्राप्त आवेदनहरू गैरआवासीय नेपाली संघको ऐनअनुसार प्रमाणीकरण गरिने जानकारी दिइन्।
यसअघि समितिका सदस्यसचिव गंगाधर गौतमले सार्वजनिक गरेको एक सूचिमा भारत, उत्तर कोरिया र नेपालबाट समेत सदस्यता आवेदन परेको उल्लेख गरिएको थियो।
प्रतिक्रिया