एनआरएनए एकता अधिवेशन: उत्तर कोरिया, भारत र नेपालसहित कुल १५ हजार सदस्य

  नेपाली सन्देश डट कम | २५ चैत्र २०८१, सोमबार २१:२१

एनआरएनए एकता अधिवेशनमा निराशाजनक सदस्यता सहभागिता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेद्वारा घोषणा गरिएको एनआरएनए एकता अधिवेशनमा सदस्यता वितरणको परिणाम अपेक्षा अनुरूप नआएको देखिएको छ। उच्चस्तरीय समितिका सदस्यसमेत रहेका घलेले पटक–पटक मिति सार्दै सदस्यता फारम खुला गरे पनि अन्तिम दिन सोमबारसम्म जम्मा १५ हजार जनाले मात्र फारम भरेका छन्।

नेपालसन्देशलाई प्राप्त विवरणअनुसार, सदस्यता लिनेहरूमा नेपालबाट १,२११, उत्तर कोरियाबाट ९९, भारतबाट १, बेलायतबाट ३९१, बेल्जियमबाट २०४, कतारबाट ३,१५०, साउदी अरेबियाबाट २,७८२, पोर्चुगलबाट १,९०७, अष्ट्रेलिया १८४ र अमेरिकाबाट ७५५ जना छन्। यी सबैले निःशुल्क सदस्यताको लागि आवेदन दिएका हुन्।

यसैबीच, उच्चस्तरीय समितिकी सदस्यसचिव जनकी गुरुङले आइतबार एक अनलाइन अन्तरवार्तामा १४ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको र करिब २०० जनाले प्रतिनिधिका रूपमा चासो देखाएको जानकारी दिएकी थिइन्।

संस्थापकहरू, वर्तमान कार्यसमिति, विश्वभर छरिएका ९० देशका राष्ट्रिय समिति र परराष्ट्र मन्त्रालयको सुझावलाई अवमूल्यन गर्दै घलेले आगामी मे ३ मा आफ्नो समूहको महाधिवेशन गर्ने तयारी गरेपछि संस्था पुनः विभाजनको संघारमा पुगेको हो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?