काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यवाहक गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिइएको छ। राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर रहेका ढुंगानालाई अस्थायी रूपमा गभर्नरको जिम्मेवारी दिइएको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ अनुसार ढुंगानालाई कार्यवाहक गभर्नर तोकेका हुन्। गत शुक्रबारबाट गभर्नर महाप्रसाद अधिकारीले बिदा लिएसँगै राष्ट्र बैंकको नेतृत्व रिक्त बनेको थियो। उक्त रिक्तता पूर्ति गर्न अर्थ मन्त्रालयले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको हो।
प्रतिक्रिया