बलात्कार, बाल यौन अपराधको आशंकामा बेलायती सांसद पक्राउ

  नेपाली सन्देश डट कम | २४ चैत्र २०८१, आईतवार ०७:४८

काठमाडौं — बेलायतका सांसद ड्यान नोरिसलाई बलात्कार, बाल यौन अपराध, बाल अपहरण र सार्वजनिक कार्यालयमा दुराचारको आशंकामा पक्राउ गरिएको छ। एभन र समरसेट प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी सर्तसहितको धरौटीमा रिहा गरेको पुष्टि गरेको छ।

लेबर पार्टीले नोरिसको गिरफ्तारीको जानकारी पाउने बित्तिकै उनलाई तत्काल पार्टीबाट निलम्बन गरिएको जनाएको छ। उनी हाल उत्तरपूर्व समरसेट र हानहम क्षेत्रबाट सांसद रहेका छन्।

६५ वर्षीय नोरिस २०२४ को आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीका चर्चित नेता ज्याकब रीस-मगलाई पराजित गरी निर्वाचित भएका थिए। यसअघि उनी १९९७ देखि २०१० सम्म वान्सडाइक क्षेत्रका सांसद थिए। नोरिस टोनी ब्लेयरको कार्यकालमा सहायक ह्वीप र गॉर्डन ब्राउनको कार्यकालमा कनिष्ठ मन्त्रीका रूपमा पनि कार्यरत थिए।

२०२१ देखि उनी वेस्ट अफ इंग्ल्यान्ड क्षेत्रका मेयर रहेका छन्, तर आगामी मे महिनाको स्थानीय निर्वाचनअघि उनी पदबाट हट्ने तयारीमा छन्।

वेस्ट अफ इंग्ल्यान्ड कम्बाइन्ड अथोरिटीको वेबसाइटअनुसार, नोरिसले बाल संरक्षण अधिकृतको रूपमा NSPCC (नेसनल सोसाइटी फर द प्रिभेन्सन अफ क्रुएल्टी टु चिल्ड्रेन) को तालिम पनि लिएका थिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?