काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूको माग सुनुवाइ गरिने बताएका हुन्।
“हामी कुराकानी गर्छौं। उहाँहरूका कुरा सुन्छौं। न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी हो। हामी सबै एउटै हौं प्रधानमन्त्री ओलीले भने के कति गर्न सकिन्छ भन्ने कुरा परस्परमा कुरा गरेर टुंगिने हो। धेरै उहाँहरूले पनि दुःख नपाए हुन्छ।”
देशभरका शिक्षकहरू चार दिनदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै आन्दोलनरत छन्। सरकारले चाँडै वार्ताको प्रक्रिया अघि बढाउने संकेत प्रधानमन्त्रीको यो भनाइबाट देखिएको छ।
प्रतिक्रिया