गृहमन्त्री हुँदा रवि लामिछानेले के गरेका थिए? — एमाले नेता पोखरेलको रास्वपामाथि कटाक्ष

  नेपाली सन्देश डट कम | २३ चैत्र २०८१, शनिबार ०८:३१

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने ‘रिति र थिति’ रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्थामा के थियो? भन्दै प्रश्न गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई सो प्रश्न गरेका हुन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने हो बताउँदै लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरूलाई ‘थाह’ नहुने कुरै भएन। तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि!’

यसअघि रास्वपाको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको भर्त्सना गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?