डीपी अर्याल पुन: कार्यबहाक सभापति

  नेपाली सन्देश डट कम | २३ चैत्र २०८१, शनिबार ०८:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्। 
सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन्।

उच्च अदालत, बुटबलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिए पछि हिजो साँझ उनी पक्राउ परेका थिए । 

पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।

लामिछानेलाई आजै रूपेन्देेही लगिदैछ । हिजो रातभर उनी काठमाडौं हिरासतमा थिए । 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?