सुनको भाउ हालसम्मकै उच्च

  नेपाली सन्देश डट कम | २१ चैत्र २०८१, बिहीबार १२:०८

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?